मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format o८:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा ५५ प्रतिशत पुनर्निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

लमजुङमा भूकम्पबाट क्षति पुगेका घरमध्ये आठ हजार चार सय ८६ घरको पुनर्निर्माण सम्पन्न भएको छ  । जिल्लामा रहेका १५ हजार पाँच सय ४३ लाभग्राहीमध्ये आठ हजार पाँच सय ८६ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकमसमेत लिइसकेका छन् । 

०७२ को भूकम्पले लमजुङमा १४ हजार ६ सय ४९ निजी घर भत्किएका थिए भने आठ सय ९४ घर प्रबलीकरण लाभग्राहीको सूचीमा परेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका फोकल पर्सन विनायक दवाडीले बताए । 

भूकम्प गएको पाँच वर्ष बित्दा जिल्लाभर ५५ प्रतिशत मात्र निजी आवास पुनर्निर्माणको काम सकिएको छ । १४ हजार ६ सय २१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् भने १० हजार आठ सय १६ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय) लमजुङले जनाएको छ । 

असारसम्म निजी आवासको पुनर्निर्माण सकिने कार्यालयको योजना रहे पनि कोरोनाका कारण निर्माण प्रभावित भएको कार्यालयले जनाएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दूधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।