१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ माघ १ बिहीबार २०:०७:००
Read Time : > 1 मिनेट
फिचर

वुहान पुग्यो डब्ल्युएचओको टोली

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ माघ १ बिहीबार २०:०७:००

कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले केही दिनपछि वुहानको विभिन्न स्थान तथा ल्याबमा अनुसन्धान गर्ने बिबिसीले जनाएको छ । टोलीका सदस्यहरू १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अनुसन्धान गर्नेछन् । यसबीचमा उनीहरूमा कोरोना पजिटिभ देखिए फिल्डमा जान पाउने छैनन् । 

डब्ल्युएचओको टोलीले वुहानमा प्रवेश पाउन निकै प्रतीक्षा गर्नुपरेको थियो । चीन सरकारसँग एक महिनासम्मको वार्तापछि मात्रै अनुमति पाएको हो । टोलीमा रहेका सबै सदस्य डब्ल्युएचओका अनुभवी वैज्ञानिक हुन् । त्यसपछि उनीहरूको पिसिआर टेस्ट हुन्छ । 

अनुसन्धान टोलीलाई चिनियाँ अधिकारीहरूले कोभिड–१९ सँग सम्बन्धित प्रमाण तथा स्याम्पल उपलब्ध गराउने जनाइएको छ । टोलीका नेता वेन इम्बारेकले एपिएफ समाचार संस्थासँग लामो यात्रापछि वुहानमा पाइला टेक्ने अवसर पाएको बताएका छन् । 

‘कोरोनाको उद्गम थलोमा आउन धेरै मिहिनेत तथा वार्ता गर्नुपरेको थियो, यसकारण हामीले यसलाई लामो यात्राका रूपमा लिएका छौँ,’ डब्ल्युएचओका सिनियर वैज्ञानिकसमेत रहेका वेनले भने, ‘हेरौँ अब यहाँ कस्तो काम हुन्छ ।’ वेनले तत्कालै केही उत्तर पाउन नसकिने पनि स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘मलाई लाग्दैन कि हामीले तत्कालै एक वर्षदेखि खोजी गरेको प्रश्नका उत्तर पाउँछौँ, हामी एउटा अनुसन्धानको बाटोमा हिँडिरहेका छौँ, त्यसै बाटोबाटै रहस्यमयी बनेको कोरोना भाइरसको समाधान निस्किनेछ ।’ 
गत महिना डब्ल्युएचओले वुहानमा कोभिड– १९ को अनुसन्धान गर्ने अनुमति माग्दा चीनले स्वीकृति दिएको थिएन । त्यसवेला डब्ल्युएचओका दुई सदस्यलाई वुहानबाटै फर्काइएको थियो । दुईमध्ये एकजनालाई ट्रान्जिटमा चिनियाँ अधिकारीले समस्यामा पारेका थिए । बेइजिङले सुरक्षा अधिकारी र अनुसन्धानकर्ताबीच असमझदारी भएका कारण समस्या आएको बताएको छ । 

बिहीबार वुहान पुगेको टोलीले बजार, अस्पताल तथा ल्याबमा क्रमिक रूपमा अनुसन्धान गर्नेछ । यद्यपि, चीनको दक्षिण प्रान्तमा नयाँ भाइरस देखिए पनि डब्ल्युएचओले त्यसलाई पछि मात्र अध्ययन गर्ने भनेको छ । टोलीनेता वेनले प्रारम्भिक चरणमा जनावरबाट अनुसन्धान सुरु गर्ने जनाएका छन् । 

चीनको दाबी :  वुहानबाट फैलिएको होइन, हामीले पहिचान मात्रै गरेका हौँ 
चीनले भने कोरोना भाइरस वुहानबाट नफैलिएको दाबी गर्दै आएको छ । भाइरसको पहिचान भने चीनले गरेको चिनियाँ वैज्ञानिकको दाबी छ । बुहान सहरमा नभएर पश्चिमेली राष्ट्रहरूमा डिसेम्बर ०१९ मै कोरोना देखिएको चिनियाँ अधिकारीहरूले भनाइ छ । तर, अमेरिका तथा युरोप भने वुहानमै कोरोना भाइरसको पहिलो केस देखिएको मान्छन् । 
डब्ल्युएचओका प्रकोप तथा प्रतिक्रिया युनिटका अध्यक्ष प्रोफेसर डेल फिसरले वुहान भ्रमणमा रहेका वैज्ञानिकहरूले सबैले यस विषयमा विचार गर्ने बताएका छन् । ‘मलाई आशा छ विश्वले यो भ्रमणलाई विचार गर्नेछ, यो राजनीति वा दोष मेटाउनका लागि भएको भ्रमण होइन,’ प्रोफेसर फिसरले बिबिसीलाई भने, ‘वैज्ञानिकहरूको धर्म नै समाधानको उत्तर निकाल्ने हो ।’ 

अगस्टपछि चीनमा संक्रमित धेरै
एकातिर डब्ल्युएचओको टोली वुहानमा छ भने अर्कोतिर बिहीबारै चीनमा कोभिड– १९ का संक्रमितको संख्या बढेको छ । अगस्टपछि एकै दिन सयभन्दा बढी संक्रमित चीनमा देखिएको यो पहिलोपटक हो । चीनको विभिन्न एक सय सात स्थानमा एक सय १५ व्यक्ति संक्रमित भएको डब्ल्युएचओले जनाएको छ । होबेई प्रान्तमा सर्वाधिक ९० जनामा संक्रमण देखिएको छ ।