मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १ बिहीबार ०९:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जातीय छुवाछुत तथा बालविवाह रोक्न प्रहरीको तीनमहिने अभियान

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार ०९:३२:००

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशमा प्रहरीले तीनमहिने अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियान २६ चैतसम्म चल्नेछ । लुम्बिनी प्रदेशस्तरका सबै १२ जिल्ला र ५३ इलाका प्रहरी गरी ६५ प्रहरी कार्यालयबाट अभियान सञ्चालन गरिने भएको छ । अभियान अवधिभर कम्तीमा तीन सय ९० वटा कार्यक्रम सञ्चालन हुने प्रदेश प्रहरीले जनाएको छ ।

जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने बालविवाहको न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शून्य सहनशीलता कायम गर्न अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उनका अनुसार अभियानभर सचेतनामूलक कार्यक्रम तथा अन्तर्क्रिया, छलफल, पर्चा र पम्प्लेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा प्रशिक्षण प्रदान गरिनेछ । 

अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा बालविवाहजस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याई जातीय विभेद तथा बालविवाहमुक्त समाजको सिर्जना गर्नु रहेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरीले सञ्चालन गरेको यस अभियानलाई उपलब्धिमूलक बनाउन सबैलाई सक्रिय सहभागी बन्न प्रहरीले अनुरोध गरेको छ ।