१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केपी ओली ‘तानाशाह’ले घुँडा टेक्नुपर्छ : शाक्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुँडा टेक्नुपर्छ ।’ 

प्रचण्ड–नेपाल नेतृत्वले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बागमती इन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेकी शाक्यले सडकमा गएर सशक्त ढंगले लाग्दा प्रतिगमन ढल्ने बताइन् । उनले काम, क्षमता, इमानदारीको मूल्यांकन गर्ने परिपाटी कम्युनिस्ट पार्टीमा हुनुपर्नेमा जोड दिइन् । 

उनले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप लगाइन्। ‘केपी ओलीलाई कमरेड भन्न छाेडिसकेकी छु। उहाँ कमरेड होइन अब, उहाँ त प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो,’ उनले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप लगाइन् । ‘ओलीले हामीले दुःख गरेर बलिदान गरेर ल्याएको संविधानमाथि धावा बोले, संघीयतामाथि, गणतन्त्रमाथि अपहरण र चीरहरण गरेका छन्, त्यस्तो व्यक्तिलाई किन कमरेड भन्नेर, त्यसैले उहाँ तानाशाही नेता हो,’ उनले भनिन् ।