मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २९ बुधबार १०:११:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

होटेल सामनामा पूर्वउपसचिव  केसीको शव फेला

Read Time : < 1 मिनेट
२०७७ पौष २९ बुधबार १०:११:००

हेटौँडा–४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिवको शव फेला परेको छ । सोमबार बिहान ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय नेपाल सरकारका पूर्वउपसचिव लेखजंगध्वज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट अवकाशप्राप्त पूर्वउपसचिव केसी १२ पुसदेखि सामनामा बस्दै आएका थिए । 

केसी हेटौँडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि हेटौँडा आएका उनीसहित तीनजना होटेलको दुईवटा कोठामा बस्दै आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।    

दीर्घ रोगी रहेका केसीले बेलुका मादक पदार्थ सेवन गरेर सुतेको र बिहान मृत भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी रानाले जानकारी दिए । ‘सँगै बस्दै आएका साथीसँग सोधपुछ गर्दा उनले गएराति मादक पदार्थ सेवन गरेको बुझिएको छ ।’ रानाले भने ‘शवको प्रकृति हेर्दा प्राकृतिक मृत्यु देखिएको छ । परिवार आएपछि पोस्टमार्टम गरिनेछ ।’