मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २७ सोमबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार २०:४१:००

नेकपा ओली समूहले मुगुमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सही भएको भन्दै ओली समूहले शक्ति प्रदर्शन गरेको हो । 

प्रधानमन्त्रीको कदम सही भएको सन्देश दिन शक्ति प्रदर्शन गरेको कर्णाली प्रदेश विधान समितिका सभापतिसमेत रहेका ओलीपक्षीय केन्द्रीय सदस्य दानसिंह परियारले बताए ।

सदरमुकाम गमगढीमा बाजागाजासहित शक्ति प्रदर्शनपछि कार्यकर्ता भेला गरिएको ओली समूहका केन्द्रीय सदस्य मोहन बानियाँले बताए । अपेक्षा गरेभन्दा बढी उपस्थिति भएको नेताहरूले बताएका छन् । 

भेलामा बोल्नेहरूले ओलीको कदमको बचाउ गर्दै ताजा जनादेश देशको आवश्यकता भएको बताएका थिए । भेलामा जिल्लाका चारवटै स्थानीय तहबाट ओलीसमर्थक नेता तथा कार्यकर्ता सहभागी भएका थिए । 
प्रदर्शनमा सहभागीले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’, ‘प्रचण्डको पाराले दुःख पाए साराले’लगायतका नारा लगाएका थिए । 

यसअघि १४ पुसमा प्रचण्ड–माधव नेपाल समूहले पनि मुगुमा शक्ति प्रदर्शन गरेको थियो ।