१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई दशकपछि चुरे बस्तीमा विद्युतीकरण : खल्लामसेट्टीका जनताले पाए उज्यालो

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

कञ्चनपुरको उत्तरी चुरे भीमदत्त नगरपालिका– ९ खल्लामसेट्टी चुरे बस्तीमा दुई दशकपछि विद्युतीकरण भएको छ ।

गाउँमा विद्युतीकरण भएसँगै स्थानीयले उज्यालो पाएका छन् । यसअघि टुकी, सौर्यबत्तीको मात्र प्रयोग गर्दै आएका स्थानीयले लामो समयपछि उज्यालो पाएका हुन् । बस्तीको पश्चिमतर्फ महाकाली नदी छ । 

पारिपट्टि भारत उत्तराखण्ड चम्पावत जिल्लाको उचौली गोठ छ । तर, त्यहाँ पहिलेदेखि नै विद्युतीकरण हुँदा राति झिलिमिली हुन्थ्यो, सधैँ तिहारजस्तै भए पनि वारिपट्टि भने विद्युतीकरण नहुँदा सोलारको भरमा रात काटिरहेका स्थानीयले ठुलो राहत मिलेको बताएका छन्  । 

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले चार वर्ष अघि ०७४ स्थानीय तहको निर्वाचनमा उत्तरी चुरेको दुर्गम बस्ती खल्लामसेट्टीको समृद्धिका लागि विकासका पूर्वाधार पुऱ्याउने प्रतिबद्धता जाहेर गरेका थिए । 

त्यही प्रतिबद्धताअनुरूप मेयर विष्टले प्रदेश, संघसँग समन्वय गरेर आज दुर्गम बस्तीलाई सुगममा परिणत गरेका छन् । 

सडकदेखि विद्युतीकरण गरेर अँध्यारो, संकटग्रस्त खल्लामसेट्टी बस्ती विद्युतीकरणले झिलमिली भएको हो । 

नेपाल विद्युत् प्राधिकरण र भीमदत्त नगरको साझेदारीमा गाउँमा विद्युत् सेवा सुचारु गरिएको छ । 

विद्युतीकरण नहुँदा दैनिक घरायसी कामकाज एव कुटानीपिसानी, खानेपानी, सिँचाइलगायतका समस्या थिए । 

पहिलोपटक विद्युत् सेवा सुचारु भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय प्रकाशबहादुर पालले गत वर्ष मात्रै भीमदत्त गरपालिकाको पहलमा विद्युत् लाइन विस्तार गरिएको बताए । 

‘नेपाल दूरसञ्चारले समेत गाउँमा टावर निर्माण कार्य पूरा गरेको थियो,’ उनले भने, ‘तर, विद्युत् सेवा सुचारु भएको थिएन  ।’ 

घरघरमा बिजुली बल्दा विद्यार्थीलाई समेत सहज भएको उनले बताए ।  ‘खानेपानीका लागि समेत समस्या झेल्दै आएका थियौँ, ‘उनले भने, ‘हामीले महाकाली नदीको पानी खान बाध्य थियौँ,  विद्युत् सेवा सुचारु भएपछि खानेपानीको समस्याबाट मुक्त हुनेछौँ ।’ 

अर्की स्थानीय मीरा कोलीले गाउँमा  विद्युत् सेवा सुचारु भएसँगै मोटरबाट सिँचाइको व्यवस्था गर्न सकिने र यहाका बासिन्दाले खेतिबालीबाट समेत थप लाभ पाउने बताइन् । 

वडाध्यक्ष राम नाथले दुर्गम क्षेत्रलाई सुगम बनाउन वडा कार्यालयले थप विकासका योजना ल्याउने र  विद्युत् सुचारु भएपछि विद्युत् सेवा नहुँदा सञ्चालनमा आउन नसकेका टेलिफोन टावरसमेत सुचारु भई यस दुर्गम बस्तिका बासिन्दाहरू छिट्टै सञ्चारसँग समेत जोडिने बताए ।  

भीमदत्त नगरका प्रमुख  सुरेन्द्र विष्टले ‘उज्यालो नेपाल उज्यालो भीमदत्तको नारा’ साकार भएको बताए ।