१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दाबी गरे । 

रेल संचालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइरहेको उनले बताए । रेल संचालनका लागि आवश्यक पर्ने २६ जना प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको उल्लेख गर्दै उनले भने, ‘जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ, त्यसलाई मुर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषदका पठाइसकेका छौँ ।’

रेल ईन्जिनको सर्भिसिङग, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिनेलगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए ।

त्यसैगरि, नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए । त्यसका लागि सडक विभाग पनि सकरात्मक रहेको उनले बताए । त्यसैगरि, सामान्य प्रविधिक कर्मचारीको लागि विगतमा रेल्वेमा काम गरेका पुरना ईच्छुक करिव ४०÷५० जना कर्मचारीलाई ६ महिनाको लागि करारमा नियुक्त गरि तत्काल  रेल संचालन गर्ने तयारी रहेको उनको भनाइ छ ।