१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्य मापदण्ड अपनाएर योग दिवस मनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रूपमा लिनुपर्ने बताए । राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा मन्त्री श्रेष्ठले यो वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापी रूपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिए । मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि १ माघमा राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ । मन्त्री श्रेष्ठले मूल समारोहलाई भव्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गरे । 

बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताए । मन्त्रालयले प्रदेशस्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्राचार गर्ने, संघीय मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुममार्फत योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रमको तयारी गरेको छ । 
 

ad
ad