१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कालिञ्चोक अध्यक्ष कप भलिबलको उपाधि कालिञ्चोक ‘ए’ले जित्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:१२:oo

दोलखाको कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक ‘ए’ले जितेको छ । प्रतियोगितामा कालिञ्चोक गाउँपालिका ‘ए’ प्रथम, गौरीशंकर गाउँपालिका द्वितीय, बिगु गाउँपालिका तृतीय र कालिञ्चोक गाउँपालिका ‘डी’ चतुर्थ भएको कालिञ्चोक गाउँपालिकाका खेलकुद विकास समिति प्रमुख सुभास थामीले जानकारी दिए । उनका अनुसार प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ७० हजार, तृतीयलाई ५० हजार र चतुर्थ हुनेलाई ३० हजार नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइएको छ । 

प्रतियोगितामा बेस्ट ब्लकर कृष्ण थापा र बेस्ट सर्भर हरिवंश सोढारीलाई समेत पुरस्कृत गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष थामीले खेलकुदको क्षेत्रबाट पनि समाज विकासमा सहयोग हुने भन्दै प्रतियोगिताको आयोजना गरेको बताउँदै खेल क्षेत्रको विकासका निम्ति गाउँपालिकाले प्राथमिकताका साथ योजना निर्माण गरी कार्यान्वयन गर्ने बताए । 

प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डे, कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहितचन्द्र खड्कालगायतले धारणा राखेका थिए । 

दोलखाका नौवटा स्थानीय तहसहित १२ वटा समूहले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सांसद पशुपति चौलागाईंले उद्घाटन गरेका थिए ।

 

ad
ad