१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई ‘भरोसा कोश’ आवेदकलाई प्रदेश–२ मा वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:oo:oo

कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’को रकम वितरण सुरु भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । 

प्रदेश–२ को सिराहामा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, क्षेत्रीय प्रतिनिधि अरुणकुमार भण्डारीले संयुक्त रूपमा आवेदक स्व. श्रीप्रसाद मण्डलकी पत्नी मञ्जुकुमारी देवीलाई चेक हस्तान्तरण गरेर सहयोग रकम वितरण सुरु गरेको कम्पनीले जनाएको छ । आइएमई पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । 

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आइएमईले मृतकका परिवारको पीडामा केही सहयोग गर्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको जनाइएको छ ।

निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 
०७६ साल पुस १६ देखि ०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तले आवश्यक विवरणसहित आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

ad
ad