१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फर्कियो उच्चस्तरीय चिनियाँ टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१२:oo

चारदिने नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ टोली आज स्वदेश फर्किएको छ । 

गत आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टर्ड विमानमार्फत आज बुधबार बिहान स्वदेश फर्केको हो । 

चारदिने भ्रमणमा यस टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलाई भेटेको थियो । 

त्यसैगरी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई पनि यस टोलील भेटेर छलफल गरेको थियो । 

ओली, दाहाल र नेपालसँगको भेटमा नेकपामा देखापरेको विवादलाई मिलाउनेतर्फ यस टोलीले सुझाब दिएको स्रोतले जनाएको छ । 

साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालसँग पनि यस टोलीले भेट गरेको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि निवासमै पुगेर चिनियाँ टोलीले भेटघाट गरी छलफल गरेको थियो । 

सत्तारुढ दल नेकपामा फुट आएपछि दलको एकताको सन्देश बोकेर उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको थियो । 

यस भ्रमणलाई केहीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनेर पनि आलोचना गरेका छन् । तर, चीनले भने नेपालप्रति हस्तक्षेप नभई सदभावका लागि मात्र भ्रमण भएको जनाएको छ ।

ad
ad