१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस/सिन्ह्वा नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा आइतबार ६ महिनायताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबार बिहानसम्ममा एक करोड दुई लाख सात हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा २० हजार २१ नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या एक करोड दुई लाख सात हजार आठ सय ७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण देखा परेयता ६ महिनामा पहिलोपटक आइतबार कोभिड– १९ सङ्क्रमित २० हजार देखिएको थियो ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणको कारण दुई सय ७९ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार नौ सय एक जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६ सय ६९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा दुई लाख ७७ हजार तीन सय एक सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा मात्र संक्रमितमध्ये २१ हजार चार सय ३० जना कोरोनामुक्त भएका छन् ।

भारतको राजधानी दिल्लीमा आइतबार सात सय ५७ जनामा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण दिल्लीमा १० हजार चार सय ५३ जनाको मृत्यु भइसकेको छ । 

ad
ad