मन्त्रिपरिषद् हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बिदा भएका छन् ।

थपिएका र जिम्मेवारी हेरफेर भएका मन्त्री
टोपबहादुर रायमाझी-ऊर्जा
मणि थापा- खानेपानी
प्रभु साह- सहरी विकास
प्रेम आले- वन 
गणेश ठगुन्ना- सामान्य प्रशासन 
गौरीशंकर चौधरी- श्रम
दावा लामा- युवा तथा खेलकुद
जुलीकुमारी महतो- महिला, बालबालिका
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन  (जिम्मेवारी हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य  (जिम्मेवारी हेरफेर)
लीलानाथ श्रेष्ठ- कानुन (जिम्मेवारी हेरफेर)
शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार (जिम्मेवारी हेरफेर)
पद्मा अर्याल- कृषि (जिम्मेवारी हेरफेर)
कृष्णगोपाल श्रेष्ठ- शिक्षा (जिम्मेवारी हेरफेर)

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधवकुमार नेपाल पक्षका सात नेताले मन्त्रीबाट राजीनामा दिएपछि सात मन्त्रालय रिक्त थिए ।

सुझावित समाचार