१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस/एएफपी ब्रसेल्स
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न

Read Time : > 1 मिनेट
रासस/एएफपी ब्रसेल्स
नयाँ पत्रिका ब्रसेल्स
२o८१ बैशाख २१ शुक्रबार १३:२९:oo

बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का सन्दर्भमा बेलायत र युरोपेली युनियन (इयू)बीच १० महिनादेखि जारी वार्ता सहमतिमा टुंगिएको हो ।

नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रूपमा इयूबाट अलग हुनेछ । झन्डै आधा शताब्दीदेखि इयूमा आबद्ध बेलायतले पछिल्लो सम्झौताबमोजिम इयूबाट अलग भएसँगै इयूसँगको व्यापारमा करका प्रावधानहरू सामना गर्नुपर्नेछ । 

सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, ‘हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौँ ।’ 

उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिएकी थिइन् । अंग्रेजी नाट्यकार विलियम सेक्सपियरको ‘विभाजन एक मीठो दुःख हो’ भन्ने उक्ति उद्धृत गर्दै उनले भनिन्, ‘मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुसी अनुभव गरेकी छु । तर, आज म शान्त छु, अझ खुलेर भन्नुपर्दा मैले सन्तोषको श्वास फेर्न पाएकी छु ।’
उनले अझै पनि २७ मुलुक युरोपेली युनियनमा आबद्ध रहेका र झन्डै चार करोड ४० लाख युरोपेलीले युनियनलाई नै विश्वास गरेकामा आभार व्यक्त गरिन् । उनले भनिन्, ‘अब हामीले ब्रेक्जिटका कुरा छाड्ने दिन आइसक्यो । हाम्रो भविष्य युरोपमै छ ।’ 

बेलायतले सन् ०१६ को जनमतसंग्रहपछि युरोपेली युनियन छाडेको थियो । दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको युरोपको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक परियोजनालाई सफल तुल्याउन इयू बनेको थियो ।

तर, लन्डन अझै पनि ३१ डिसेम्बरको मध्यरातसम्म इयूका नियमहरूभित्रै रहनेछ । तर, त्यसपछि बेलायत युरोपेली युनियनको एकल बजार र भन्सार युनियनबाट बिदा हुनेछ । 
करिब दुई हजार पृष्ठको ब्रेक्जिट सम्झौतामा माछा मार्ने विषय निकै पेचिलो मुद्दा बनेको थियो । बेलायतको समुद्री जलक्षेत्रमा युरोपेली युनियनका मुलुकका नागरिकलाई माछा मार्न पहुँच दिने वा नदिने भन्नेमा निकै लामो बहस भएको थियो ।

बेलायती प्रधानमन्त्री जोन्सनले इयूसँगको सम्झौता पूरै युरोप र हाम्रा साझेदार सबै मुलुकका लागि निकै सकारात्मक रहेको बताए । ब्रेक्जिटमा सम्झौता भएलगत्तै आइरिस प्रधानमन्त्री माइकल मार्टिनले सम्झौता त्यति खराब नरहेको प्रतिक्रिया दिएका छन् । 

जर्मन चान्सलर एन्जेला मर्केलले सम्झौताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरेकी छिन् भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले युरोपेली मुलुकहरूको एकता र दृढता विजयी भएको बताए । 

सम्झौताको दस्ताबेजलाई अब युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकमा पठाइने युरोपेली आयोगकी अध्यक्ष लियेनले जानकारी दिइन् । यस सम्झौतालाई युरोपेली राष्ट्रले अध्ययन गर्नेछन् भने बेलायतमा ३० डिसेम्बरका दिन सम्झौतामा मतदान हुनेछ । 
 

ad
ad