मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई पौडेलको जवाफ– उहाँ आफ्नो अपराध लुकाउन जे मन लाग्यो त्यही बर्बराउनुहुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफ्नो पद जोगाउने नाममा प्रतिनिधिसभा विघटन गरेर जनताको अभिमतको घोर अपमान गरेको आरोप लगाएका छन् । ‘उहाँले प्रतिनिधिसभाको विघटन गर्ने कुनै आधार नै छैन, उहाँले संविधानमाथि जबर्जस्ती गर्नुभएको छ, लोकतन्त्रलाई संकटतर्फ धकेल्ने दुस्साहस गर्नुभएको छ,’ पौडेलले भने, ‘यो उहाँको संवैधानिक अपराध हो, हामी त्यसको घोर विरोध गर्छौँ ।’ 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले ओलीको निरंकुशताविरुद्ध कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने बताए ।  

चुनावसँग डराएको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति संकेत गर्दै पौडेलले भने, ‘उहाँले मलाई के–के भन्नुभयो भनेर मैले पनि सूचना पाएँ, म एउटा कुरा उहाँलाई स्पष्ट पारुँ, म चुनावसँग डराउने मान्छे हाेइन, तनहुँबाट पाँचपटक निर्वाचित भएर आएको मान्छे हुँ, म भन्न चाहन्छु, बरु केपी ओलीजी आउनुस् त्यही क्षेत्रबाट चुनाव लडौँ, कस्तो हुन्छ, हेरुँला ?’ 

नेता पौडेलले ओलीले आफ्नो अपराध लुकाउन व्यक्तिगत लाञ्छना लगाउने गरेको टिप्पणी गरे । ‘उहाँ आफ्नो अपराध लुकाउनका लागि जे–जे मन लाग्यो, त्यही बर्बराउनुहुन्छ, तर त्यसरी उहाँले गर्नुभएको अपराध क्षम्य हुँदैन, अर्कालाई दोष लगाएर आफ्नो गल्ती ढाकछोप हुँदैन,’ उनले भने । 

उनले आफूले पूरै जीवन कानुन, विधि र पद्धतिको पक्षमा उभिएर राजनीति गरेको दाबी गरे । ‘म संविधान, विधि र पद्धतिको विषयमा बोल्ने मान्छे हुँ । अहिलेसम्म त्यही विषयका लागि लडेको छु, लडिरहन्छु,’ नेता पौडेलले भने, ‘ओलीको कदमको मात्रै होइन, देशलाई, लोकतन्त्रलाई र संविधानलाई असर पुऱ्याउनेमाथि हामी सबै गम्भीर हुनुपर्छ ।’