१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख २१ शुक्रबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा कोरोना भाइरस संक्रमित एक करोड एक लाख पुगे

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१५:oo

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखनजिक पुगेको छ । पछिल्लो २४ घन्टामा यहाँ २३ हजार नौ सय ५० संक्रमित थपिएसँगै संक्रमितको संख्या एक करोड ९९ हजार नौ सय ५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणका कारण तीन सय ३३ जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार चार सय ४४ पुगेको छ । भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा नौ सय ३९ जनामा कोरोना  संक्रमण देखिएको र २५ जनाको मृत्यु भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता संक्रमणकै कारण १० हजार तीन सय २९ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख तीन सय ८२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार दुई सय ४० सक्रिय संक्रमित छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड– १९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजारको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।

ad
ad