१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रामकुमार श्रेष्ठ
२o८१ बैशाख ३१ सोमबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कालिगण्डकी करिडोरमा ट्रक भिरबाट खस्दा तीनको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:३o:oo

कालिगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरमा  ट्रक भिरबाट ट्रक खस्दा तीनजनाको मृत्यु भएको छ ।

नवलपुरको गैँडाकोट– ३ भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको छ ।

ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए । 

दुर्घटनामा परी तीनजनाको निधन भएको र अन्य विवरण आउन बाँकी रहेको उनले बताए । घटनास्थलमा उद्धार कार्य जारी रहेकोले मृतकको सनाखत हुन नसकेको उनले बताए । 

बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कंदै गर्दा ट्रक दुर्घटनामा परेको जनाइएको छ । 

घटनास्थलमै तीनजना पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका हुन् ।

ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ भने सडकदेखि करिब एक सय मिटर दूरीमा शव फेला परेको गैँडाकोट– ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए । 

घटनास्थल गैँडाकोट पूर्व–पश्चिम राजमार्गदेखि करिब ३५ किमिको दूरीमा पर्छ । 

विस्तृत विवरण अझै आउन बाँकी रहेको छ । अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेको नवलपुर प्रहरीले जनाएको छ । 

ad
ad