Skip This
ओली खुमलटार जानुका मुख्य चार रणनीति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष ५ आइतबार o७:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली खुमलटार जानुका मुख्य चार रणनीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार o७:२८:oo

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  खुमलटारमा भेटवार्ता भएको छ । शनिबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका ओली र प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमसमेतको उपस्थितिमा करिब पौने घन्टा संवाद भएको थियो । पार्टीभित्रको आन्तरिक किचलोको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड निवास पुगेको भएपनि ओली खुमलटार जानुका मुख्य चार रणनीति यस्ता छन् :

१. सहमतिका लागि अन्तिमसम्म कोसिस गरेको सन्देश दिने 

सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म प्रवेश गर्दै गरेको पार्टी विवाद मिलाउन आफूले अन्तिमसम्म प्रयास गरेको सन्देश दिने ओलीको पहिलो रणनीति थियो । यसैका लागि उनी प्रधानमन्त्री भएपछि पहिलोपटक पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेका छन् । 

२. आफ्नो अडान दोहोर्‍याउन

प्रचण्ड–नेपाल समूहको आन्तरिक रणनीति बुझ्ने र त्यसैअनुसार ‘काउन्टर’ रणनीति बनाउने योजनअनुसार पनि ओली खुमलटार गएका हुन् । त्यसैअनुसार उनले सचिवालय र स्थायी कमिटीमा पेस भएको प्रचण्डको प्रस्ताव फिर्ता लिन माग गरे । तर, प्रचण्डले प्रस्ताव फिर्ता नलिने र कमिटीबाटै हल खोज्ने अडान लिएपछि ओलीले भने, ‘तपाईंको प्रस्ताव मेरा लागि मृत्युपत्र हो । त्यस्तो पत्रमा छलफल गर्ने बैठकमा म आउदिनँ ।’

३. प्रचण्ड–नेपाल समूहसँग लड्न काउन्टर रणनीति बनाउने 

प्रचण्ड आफ्नो प्रस्ताव फिर्ता लिन तयार नभएपछि प्रधानमन्त्री ओलीले पूर्वमाओवादीको समीकरण हेरफेरको रणनीति अगाडि सारे । त्यसैअनुसार उनी प्रचण्डसँग भेटलगत्तै पुल्चोकस्थित मन्त्रीनिवास प्रवेश गरेर गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादीतर्फका नेता रामबहादुर थापा बादलसँग भेट गरेका थिए । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको लाइन के हो ?’ भनेर बादलको अन्तिम धारणा बुझ्न खोजेका थिए । बादलले दुई अध्यक्षबीच सहमति खोज्न सुझाब दिएपछि प्रधानमन्त्री ओलीले ‘तत्काल सम्भव नरहेको’ जनाउ दिएका थिए । त्यससँगै प्रधानमन्त्री ओलीले तपाईंहरू (बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, हरिबोल गजुरेल) मिलेर साझा प्रस्ताव ल्याउन सुझाब दिएका थिए । ओलीले प्रचण्डको जवाफी प्रस्तावका रूपमा साझा प्रस्ताव ल्याउन बादललाई जिम्मा दिएर पूर्वमाओवादीभित्र समीकरण हेरफेर गर्ने र बहुमत–अल्पमतको खेलमा आफ्नो अनुकूलता खोज्ने रणनीति बनाएका छन् ।

४. प्रचण्डको मन पनि राख्ने 

बिहीबार बालुवाटारमा भएको भेटमा प्रचण्डले ‘यसरी पूरै कुरा नसुन्ने र कुनै नयाँ प्रगति नहुने हो भने म तपाईंकहाँ किन कुरा गर्न आउने, कुरै गर्ने भए मेरैतिर आउनुस्’ भन्दै उठेका थिए । तर, ओलीले शनिबार आउन सक्ने जानकारी गराएका थिए । त्यही वचन पूरा गर्न र प्रचण्डको मन राख्न उनी त्यहाँ गए । तर, अडान आ–आफ्नै भएकाले सहमति भने हुन सकेन ।