१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:३६:oo

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेले भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतका उपरजिस्टार पुष्पराज पाण्डेयले बताए ।

‘उहाँसहित तीनैजनालाई जनही १०/१० वर्ष कैद र घुस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउनेजति रकम जरिवाना हुने फैसला भएको छ,’ पाण्डेयले भने । शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की तथा सदस्य बालेन्द्र रुपाखेतीको इजलfसले उनीसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । 

तीन वर्षअघि उनी विभाग परिसरबाटै पक्राउ परेका थिए । अवकाश लिनुभन्दा एक महिनापहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको थियो ।  

विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी पक्राउ परेको भोलिपल्ट तत्कालीन महानिर्देशक पाण्डे पनि अख्तियारको नियन्त्रणमा पुगे । पहिले पक्राउ परेका दुवैजनाको बयानका आधारमा पाण्डे पक्राउ परेका थिए । 

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । 

उनीमाथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो । सोही मुद्दाको फैसला सुनाउँदै विशेषले उनलाई दोषी ठहर गरेको हो । 
 

ad
ad