१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढ्यो भारतीय पाहुनाको ओहोर दोहोर : अर्थमन्त्रीको निमन्त्रणमा भाजपा विदेश विभाग प्रमुख नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १६:१०:००

छिमेकी देश भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि प्रयासहरु बाक्लिएको देखिएको छ । 

भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेर फर्किएको दुई सातापछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक जिम्मेवार नेता नेपाल भ्रमणमा आएका छन् । 

भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवा आज काठमाडौं आइ पुगेका छन् । 

उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्रोतले जनाएको छ । 

आज नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । 

विगतमा चिसिएको सम्बन्धलाई पुनः सामान्य बनाउन प्रधानमन्त्री ओलीको चाहना अनुसार भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले भ्रमणका लागि आएको स्रोतले जनाएको छ । 

दुई देशबीच चिसिएकाे सम्बन्ध भारतीय स्थल सेनाध्यक्षकाे भ्रमणपछि क्रमशः बाक्लिन पुगेकाे छ ।