१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २२ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २२ सोमबार १२:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

युरोपेली युनियनले देशको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउन गरेको संकेत सकारात्मक : पर्यटनमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २२ सोमबार १२:१३:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताए । 

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनर्संरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । 

संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे  

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताए । 

यस्तै नेपालको वायुसेवा निगमले अस्ट्रेलियाजस्तो उड्डयन सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अन्य आकाशमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास व्यक्त गरे । 

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालोसूचीमा राखेको कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । 

यसबाट अन्य देशका गन्तव्यमा जानसमेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ । तर, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रूपमा लिन सकिन्छ ।

इयूले सन २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्यनलाई कालोसूचीमा राखेको थियो ।