मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्वीर
गगन अयडी बाजुरा
२०७७ मङ्सिर १८ बिहीबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्यारेक अनुगमनका क्रममा प्रधानसेनापति बाजुरामा, एउटै मेसमा जवानहरूसँग खाना खाँदै गुनासाे सुन्दै

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ मङ्सिर १८ बिहीबार १६:३७:००

प्रधानसेनापति पूर्णचन्द्र थापा दुर्गममा रहेका सेनाका ब्यारेक निरीक्षणका क्रममा सिभिल हेलिकाेप्टरमा बाजुरा जिल्लास्थित समरजित गुल्ममा पुगेका छन् ।

निरीक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अवस्थाबारे छलफल गरेको नेपाली सेनाले जनाएको छ ।

सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका ब्यारेक, गुल्म, गणको निरीक्षण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

ब्यारेकमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने, जवानसँगै खाना खाने, उनीहरूको बारेमा छलफल गर्ने र निजहरूको हौसला बढाउने उद्देश्यले निरीक्षण गरेको प्रवक्ता पौडेलले बताएका छन् ।

बिहीबार बाजुराको सदरमुकाम मार्तडीमा रहेको समरजित गुल्मको अनुगमनमा पुगेका थिए । चिसो समयमा उच्च भागमा रहेकाे ब्यारेकको अवस्था र जवानले भाेगिरहेका समस्याबारे अनुगमन र छलफल गरेको सेनाले बताएको छ ।

‘चिसो बढिरहेको छ, डाँडाहरूमा ब्यारेक रहेका छन्, त्यहाँको अवस्थाबारे स्थलगत अध्ययन गर्ने र जवानहरूलाई हौसला प्रदान गर्ने प्रधानसेनापतिको उद्देश्य रहेको छ,’ प्रवक्ता पौडेलले भने ।