Skip This
मणिपालले लिजमा लिएको जग्गा प्रतिष्ठानका लागि अधिग्रहण गर्छाैँ : मुख्यमन्त्री राउत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Monday, 12 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७७ मङ्सिर १६ मंगलबार १९:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मणिपालले लिजमा लिएको जग्गा प्रतिष्ठानका लागि अधिग्रहण गर्छाैँ : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १९:१२:oo

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले लिजमा लिएको जग्गा अधिग्रहण गरिने बताएका छन् । 

प्रादेशिक अस्पताल जनकपुरले मंगलबार आयोजना गरेको स्मारिका विमोचन तथा वार्ड समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानका लागि मणिपालले गुठी संस्थानसँग लिजमा लिएको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै अगाडि बढाइने बताए ।  

‘त्यो जग्गा मणिपालले गुठीसँग लिजमा लिएको लामो समय भइसकेको छ, तर सर्तअनुसारको काम मणिपालले गर्न सकेन,’ मुख्यमन्त्री राउतले भने, ‘वर्षौँसम्म सर्तअनुसार मणिपालले जग्गा उपयोग नगरेपछि लिज नै खारेज गराएर प्रदेश सरकारले  प्रतिष्ठानको लागि उपभोग गर्छ ।’

प्रतिष्ठान गठनसँगै प्रादेशिक अस्पतालको सेवा झन् विस्तार हुने कार्यक्रममा सहभागी सामाजिक विकासमन्त्री नवलकिशोर साहले दाबी गरे । अस्पताल प्रमुख डा. नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री  अभिराम शर्मा, जनकपुरधामका मेयर लालकिशोर साहसहितले मन्तव्य राखेका थिए । 

प्रादेशिक अस्पताल जनकपुरमा थप तीन सेवा विस्तार
प्रादेशिक अस्पताल जनकपुरले विभिन्न तीनवटा सेवा विस्तार गरेको छ । अस्पतालले लैंगक समस्या, कुपोषण तथा बच्चाको तौलसम्बन्धी समस्या र आँखाको ओपिडी सेवा सुरु गरेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले अस्पतालको स्मारिका विमोचनअघि तीनै सेवाका लागि छुट्याएका वार्डहरुको उद्घाटन गरेका थिए । 

प्रदेश सरकारमातहत आएसँगै प्रादेशिक अस्पतालले सेवा विस्तारका साथै गुणस्तरीय सेवामा व्यापक सुधार गरेको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले दाबी गरे ।