मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ९ मंगलबार १३:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा बालिका हत्या प्रकरण : प्रहरीद्वारा गोली प्रहार, बालिकाको शव नियन्त्रणमा, स्थिति तनावग्रस्त

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ९ मंगलबार १३:३७:००

बेपत्तापछि हत्या गरिएकी बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएकाहरूमाथि बर्दिबासमा प्रहरीले गोली प्रहार गरेको छ । गोलीबाट दुईजना घाइते भएका छन् । 

गोली प्रहारपछि भिडलाई तितरबितर पारेर बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । 

शव महेन्द्र राजमार्गको बर्दिबास चोकमा राखेर आन्दोलन गरिरहेकामाथि प्रहरीले गोली चलाएको हो । गोली प्रहारबाट दुईजना घाइते भएका छन् ।

जसमा सञ्जय भनिने बुद्धिराज न्यौपानेको दाहिने तिघ्रामा गोली लागेको छ । अर्का घाइतेलाई चारवटा गोली लागेको छ । उनको परिचय खुल्न सकेको छैन । 

घाइते दुवैजनाको बर्दिबासस्थिति शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । 

अहिले अस्पताल वरपरको वातावरण पनि निकै तनावपूर्ण रहेको र त्यहाँ पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको हाम्रा संवाददाताले जनाएका छन् ।

बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लगेको जनाइएको छ । 

अहिले बर्दिबासको अवस्था तनावपूर्ण रहेको छ । 

आइतबार साँझ बर्दिबास– १४ सुगम बस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुन बेपत्ता भएकी थिइन् । उनको शव भने सोमबार मध्यरातमा भेटिएको थियो । 

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास– १४ सुगम बस्तीमै पर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घरपछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।