१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लाङटाङका पर्यटकीय होटेल आजदेखि सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

कोरोना संक्रमित बढेपछि बन्द भएका रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल आज (आइतबार) देखि सञ्चालनमा आएका छन् । 

जिल्लामा कोरोना संक्रमण बढेपछि बन्द गरिएको होटेल व्यवसाय पछिल्लो समय संक्रमितको संख्या घटेसँगै खुला गरिएको हो । 

गएको १८ कात्ति कदेखि बन्द रहेका सबै होटेल सञ्चालनमा आएको गोसाइँकुण्ड गाउँपालिका– ४ लाङटाङका वडाध्यक्ष सुप्पा लामाले बताए । 

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रिम्छे, लामा होटेल, रिभर साइड, घोडातबेला, गुम्बाडाँडा, लाङटाङ, मुन्डु र क्याङजिन गुम्बाका होटेल सञ्चानमा आएकोसमेत उनले बताए । 

‘जिल्लामा, त्यसमाथि सदरमुकाम धुन्चेमा कोरोना बढेकाले सबैजना डराएर होटेल व्यवसाय सबै बन्द गरिएको थियो, तर अहिले कोरोना बढेको पनि छैन,’ उनले भने, ‘कोरोना भनेको एक–दुई महिनामा सक्ने भन्ने होइन रहेछ, त्यसैले शनिबार लाङटाङका होटेल व्यवसायी, स्थानीय सबै छलफल गरेर सबै व्यवसाय सञ्चालन गर्ने सहमति गरेका थियौँ, त्यसैअनुसार सबैले आ–आफनो व्यवसाय पुनः सञ्चालन गरिसकेका छन् ।’

सबै होटेल–व्यवसाय सञ्चालन गरेसँगै अब लाङटाङमा पर्यटकहरू निर्धक्क आउन सक्नेसमेत उनले बताए । 

होटेल व्यवसाय सञ्चालनमा ल्याइसकेको र आफूहरू अब पर्यटकको स्वागतका लागि तयार रहेको लाङटाङका होटेल व्यवसायी दिण्डुप तामाङले बताए ।

‘एउटै होटेलमा ५० जनाभन्दा बढी राख्ने क्षमता रहेको छ, हामीले होटेल खुलन राखेका छौँ, हामी पर्यटकको पर्खाइमा छौँ,’ उनले भने ।

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये  लाङटाङ पनि एक हो । त्यसैले पनि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन बढ्ने गरेको छ ।

लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्नेछन् । त्यसैले पनि लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । 

लाङटाङ पुग्ने अधिकांश पर्यटक चेरकोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । 

पाँच हजार मिटर अग्लो चेरकोरीबाट दर्जनौँ हिमाल देखिने भएकाले क्यान्जिन पुगेका अधिकांश पर्यटक त्यस क्षेत्रमा पुग्ने गरेका छन् । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम हो । 

मौसम सफा हुने र धेरै मनोरम दृश्यालोकन हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।

स्याफ्रुबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटेलमा बास बस्नका लागि पर्यटकहरू पुग्ने गरेका छन् ।

भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभरसाइड, उडल्यान्ड, घोडातबेला, थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डु, सिन्दुम हुँदै क्याङजिन पुग्ने गरेका छन् ।