मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ६ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा नेता सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको माधव नेपालद्वारा भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार १७:o६:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन् । 

पाण्डेमाथि अभद्र व्यवहार गर्नेहरूमाथि कारबाही गर्नसमेत नेता नेपालले माग गरेका छन् । 

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा नेता पाण्डेविरुद्ध नेकपाकै केही नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै अभद्र व्यवहार गरेका थिए ।

‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवं भर्त्सना गर्दछु,’ नेता नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्,  ‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

चितवन– २ बाट संघीय सांसदसमेत रहेका पाण्डे गृहजिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवन पुगेका थिए । उनीविरुद्ध तत्कालीन युवासंघका केही नेताको अगुवाइमा नाराबाजी भएको थियो ।