१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o६:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला टी–२० विश्वकप  एक वर्ष सर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o१:oo

बेलायतमा हुने कमनवेल्थ गेमका कारण खेलाडीको तयारी समय नपुग्ने जनाउँदै आइसिसीद्वारा महिला टी–२० विश्वकप २०२३ मा गर्ने निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको छ । कमनवेल्थ गेमको कारण देखाउँदै आइसिसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछि टी–२० विश्वकप आयोजना हुने जनाएको छ । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने तय भएको थियो । अब यो प्रतियोगिता २०२३ मा हुने आइसिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

आइसिसीले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दक्षिण अफ्रिकामा २०२३ को ९ देखि २६ फेब्रुअरीसम्म टी–२० महिला विश्वकप हुनेछ । यसपटकको कमनवेल्थ गेममा क्रिकेट पनि समावेश गरिएको छ । २०२२ मा कमनवेल्थ गेम बेलायतमा हुनेछ । कमनवेल्थ गेममा सहभागी भएका खेलाडीले विश्वकपको तयारी गर्न समय अभाव हुने आइसिसीको भनाइ छ । टी–२० विश्वकप प्रतियोगिताको तयारी गर्न नै मिति परिवर्तन गरिएको आइसिसीले जनाएको छ । 

नयाँ मितिमा खेलाडी तथा प्रतियोगिताको आयोजकलाई केही फरक नपर्ने आइसिसीको विश्वास छ । कमनवेल्थ गेमको आयोजक राष्ट्र बेलायतलाई आइसिसीले बिहीबारै प्रतियोगिता मितिबारे जानकारी गराएको छ । ‘वर्तमान अवस्थाअनुसार आइसिसी टी–२० महिला विश्वकप एक वर्ष पछि सारेका छौँ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए २०२२ मा आइसिसीले तीन प्रमुख प्रतियोगिता आयोजना गर्ने थियो ।’ 

आइसिसीका सिइओ मानु सावेन्यीले प्रतियोगिता एक वर्ष सार्नु नै पहिलो विकल्प भएको जनाएका छन् । ‘हामीले धेरै विचार गरेर नै टी–२० महिला विश्वकपको तालिका परिवर्तन गरेका हौँ, यसले एक किसिमको उचाइ लिनेछ ।’ यसअघि आइसिसीले २०२१ को जनवरीदेखि फेब्रुअरीसम्म न्युजिल्यान्डमा हुने महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको थियो । 

कोरोना भाइरस कारण स्थगित भएको महिला एकदिवसीय विश्वकप २०२२ मै न्युजिल्यान्डमा हुने आइसिसीको बिहीबार बसेको कार्य समितिको बैठकले निर्णय गरेको छ । ‘२०२३ मा महिलातर्फ त्यति ठूलो प्रतियोगिता छैन, खेलाडीले विश्वकप तयारीका निमित्त पर्याप्त समय पाउनेछन्, खेलाडीले राम्रो अभ्यास गर्न पाउँदा प्रतियोगिताको स्तर पनि बढ्ने विश्वास छ,’ आइसिसीले भन्यो ।