१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङमा ५० लाख लगानीमा व्यावसायिक फूलखेती

कोरोनाका कारण तीन लाख बढीको फूल नष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:५६:oo

जिल्लामा पहिलाेपटक व्यावसायिक फूलखेती सुरु गरेकी हुमाले पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी छिन् ।

लमजुङको बेंसीसहर नगरपालिका– २ बोहोराबेंसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गऱ्याे, समय बितेको पत्तै हुँदैन ।

हुमा ६ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । गुरुङले बेंसीसहर– २ बोहोराबेंसीमा ६ रोपनी जग्गामा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन्  । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् ।

उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरे पनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्टि मिलेको छ । यस वर्ष भने कोरोनाका कारण फूलको कारोबारमा कमी आएको छ । लकडाउनमा तीन लाखभन्दा बढीको सिजनका फूल फाल्नुपरेको बताइन् । फूलको बिरुवा व्यवसायमा हुमाले दुईजनालाई रोजगारसमेत दिएकी छन् ।

जागिर छोडेर फूल खेती

०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ३९ वर्षकी भइन् । बेंसीसहर नगरपालिका– २ गैरीस्थित सीप विकास प्रतिष्ठान– गैरी क्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् ।

उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूलखेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनबेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रीलगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ । यस्तै हाईब्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला, मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलसजस्ता सदाबहार फूलका बिरुवा नर्सरीबाट  बिक्री  हुने गरेको गुरुङले बताइन् ।

नर्सरीबाट बाहमासे दुई सयभन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री हुने गर्छ । नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्री, सप्लेरियालगायतका आकर्षक बिरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाईजस्ता मौसमी फूलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलसजस्ता सदाबहार फूलका बिरुवा पनि नर्सरीमा छन् ।

ad
ad