१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवामा एनसेलको नयाँ एनसेल सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo

एनसेल आजियाटा लिमिटेडले भैरहवामा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले कोरोना महामारीका वेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै सेन्टर सञ्चालनमा ल्याएको हो । 

भैरहवाको मिलनचोकमा रहेको कोइराला कम्प्लेक्समा सञ्चालनमा ल्याइएको सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्ने जनाइएको छ । सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्ने कम्पनीले जनाएको छ । 

सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरू र विज प्लानहरू बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य ग्राहक सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । 

नयाँ सेन्टरबाट विभिन्न अफर
नयाँ सेन्टरमा आउने ग्राहकलाई कम्पनीले विभिन्न अफर दिएको छ । ग्राहकले ३० कात्तिकसम्म विभिन्न भोलुमको डेटा प्याक उपहारस्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जिबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ७ दिनसम्म मान्य रहने जनाइएको छ । सेन्टरबाट २ सय रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसीमा रहेको १ जिबी डेटा भोलुम निःशुल्क पाउने एनसेलले जनाएको छ ।  

त्यस्तै, ५ सय र १ हजार रुपैयाँको ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जिबी र २ जिबी डेटा पाउने कम्पनीले जनाएको छ । सेन्टरबाट आफ्नो थ्रिजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जिबी डेटा पाउने जनाइएको छ ।   

ad
ad