मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ कार्तिक २४ सोमबार १९:०८:००
Read Time : > 1 मिनेट
फिचर

बाइडेनको जितपछि एसियन सेयर बजारमा उछाल : जापानी सेयर बजार २९ वर्षयताकै उच्च बिन्दुमा 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक २४ सोमबार १९:०८:००

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको जितले विश्वको विभिन्न क्षेत्रमा तरंग ल्याएको छ । विशेषतः बाइडेनको जितपछि एसियन सेयर मार्केटमा धेरै प्रभाव परेको देखिन्छ । जापानमा सोमबार सेयर मार्केट खुल्दा पहिलो सत्रको ट्रेडिङमा निक्केइ २२५ बिन्दुमा पुगेको जापानिज समाचार एजेन्सी क्युडोले जनाएको छ । सन् १९९१ पछि सेयर मार्केटमा एकैदिन २२५ इन्डेक्स बढेको यो नै पहिलोपटक हो । २.१ प्रतिशतले वृद्धि भएको क्युडोले उल्लेख गरेको छ । सोमबार यहाँको सेयर बजार २४ हजार आठ सय ३९ दशमलब ८४ पुगेको छ ।

यसैगरी एसियन स्टक मार्केटअनुसार अहिले सेयर बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । अस्ट्रेलिया, चीन तथा हङकङका सेयर लगानीकर्ताले उत्सुकतासाथ लगानी गरिरहेका छन् । ७८ वर्षीय बाइडेनले ट्रम्पलाई हराउँदै राष्ट्रपति भएको सामाचार आएसँगै जापान एयरलाइन्स कम्पनीको सेयर ११ प्रतिशतले वृद्धि भएको छ । यसअघि यो कम्पनीको सेयर मार्केटमा त्यति राम्रो थिएन । अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म लगानीकर्ता ‘नभर्स’ भएको बिबिसीले जनाएको छ । 

विशेषतः एसियन सेयर मार्केटका लगानीकर्ता पर्ख र हेर अवस्थामा बसेका थिए । उनीहरूले राष्ट्रपति निर्वाचनको भोटिङ चलिरहँदा त्यहीअनुसारको योजना बनाइरहेका थिए । तर, आप्mनो चाहनाअनुसार नै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि ती लगानीकर्ताले लगानी सुरक्षित ठानेको बिबिसीमा उल्लेख छ । 

ह्वाइटहाउसमा नयाँ व्यक्ति आउँदा अबको तीन महिना सेयर मार्केट मात्र नभएर अन्य क्षेत्रमा समेत कारोबार पनि राम्रो हुने विश्वास गरिएको छ । बाइडेनले आफ्नो पहिलो भाषणमै कोभिड–१९ केन्द्रित रहेर काम गर्ने बताइसकेका छन् । जापानिज सेयर लगानीकर्ताहरू विश्व प्रसिद्ध कार उत्पादक टोयोटामा आकर्षित भएको जापानका आर्थिक अनुसन्धानकर्ता क्रिस वेस्टनले बताएका छन् । ‘सोमबार नसोचेको निक्केइ इन्डेक्स २२५ प्रतिशतले बढ्यो, धेरैजसो लगानीकर्ता विश्वप्रसिद्ध कम्पनीमा आकर्षित भएका छन्,’ क्रिसले भने । चाइनिज लगानीकर्ताले बाइडेनको जितलाई ‘टेक्नोलोजी पोलिसी’ भनेका छन् । राजनीतिक अस्थिरताले ठूलो परिमाणका लगानीकर्ता बाहिरिएका थिए, अब बाइडेनको जितले ती लगानीकर्ता फेरि पुरानै बाटोमा फर्कने विश्वास चीनको म्याकक्विरी बैंकका प्रमुख लारी हुले लिएका छन् । लारी भन्छन्, ‘पछिल्लो केही समय विश्वभर राजनीति अस्थिरता चल्यो, अझ अमेरिकाको राष्ट्रपति निर्वाचनले आर्थिक क्षेत्रमा धेरै प्रभाव पारेको देखिन्छ, बाइडेनको जितले फेरि एकपटक लगानीकर्तालाई आशा दिलाएको छ ।’ चीनको मुख्य सेयर मार्केट सञ्चालन हुने संघाईमा सोमबार बिहानी सत्रमा २.१ प्रतिशत वृद्धि भएको छ ।

‘बाइडेनको जितले मार्केटमा सकारात्मक सन्देश दिएको छ, हामीलाई विश्वास छ, नयाँ अमेरिकी राष्ट्रपतिले चीनसँगको सम्बन्ध राम्रो बनाउने छन्, अब चीन र अमेरिकाबीच नयाँ टेक्नोलोजीको विकासमा प्रतिस्पर्धा हुनेछ,’ म्याकक्विरी बैंकका प्रमुख लारीले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनबीचको सम्बन्ध चार वर्ष नराम्रो नै भयो । सन् २०१८ मा अमेरिका र चीनबीच कर विवाद भएको थियो । त्यसवेला ट्रम्पले चीनबाट आउने सामग्रीमा अत्यधिक कर लगाउने घोषणा गरेपछि चीनसँगको सम्बन्ध बिग्रन पुगेको थियो । चीनले पनि अमेरिकाबाट आउने सामग्रीमा त्यहीअनुसार कर लगाउने निर्णय गरेको थियो । ट्रम्पले चीनको मजाक उडाउँदै कोरोना भाइरसलाई समेत ‘मेड इन चीन’ भनेका थिए । 

ट्रम्पको यस्ता बोलीले चीन अमेरिकासँग सधैँ चिढिएको थियो । ‘दुई देशबीच राम्रो सम्बन्ध विकास भएको हेर्न चाहन्छौँ,’ हङकङ अर्थशास्त्री ब्रुस पेङले भने, ‘सम्भवतः यो सुधार बाइडेनको प्रशासन कालमा हुनेछ ।’