१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक २३ आइतबार १२:५६:००
Read Time : < 1 मिनेट
विश्व

बेलायतले डेनमार्कबाट आउने सबै नागरिकमाथि प्रतिबन्ध लगायो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक २३ आइतबार १२:५६:००

संयुक्त अधिराज्य (बेलायत)ले डेनमार्कबाट आउने सबै उडानमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड– १९ का संक्रमितको संख्या बढ्दै गएपछि आवागमनमा प्रतिबन्ध लगाइएको हो ।

डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरस प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भााइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ ।

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारण बेलायतमा पनि ठूलो मात्रामा प्रतिबन्धहरू लगाइएको छ ।  शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिक बेलायत प्रवेश गर्न नपाउने भएका छन् । बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ । 

आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।