१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी वाशिङ्टन डिसी
२o८१ जेठ १ मंगलबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ट्रम्पद्वारा मतगणना सम्पन्न हुनुअघि सर्वोच्च अदालत जाने चेतावनी !

Read Time : < 1 मिनेट
एजेन्सी वाशिङ्टन डिसी
नयाँ पत्रिका वाशिङ्टन डिसी
२o८१ जेठ १ मंगलबार १४:२७:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदातालाई झुक्याएको आरोप लगाउँदै मतगणना सम्पन्न हुनुअघि नै सर्वोच्च अदालतको ढोका घच्घच्याउने चेतावनी दिएका छन्। 

ट्रम्पले मनोनयनपछि प्रचारप्रसारको वेला नै निर्वाचन परिणाम आफ्नो पक्षमा नआएमा शान्तिपूर्वक सत्ता हस्तान्तरण नगर्ने घोषणा गरेका थिए । 

अमेरिकाका अधिकांश राज्यको नतिजा सार्वजनिक भइरहेको वेला ट्रम्पले ह्वाइटहाउसमा प्रतिनिधिहरूसँग कुरा गर्दै सर्वोच्च अदालत जाने धम्की दिएका हुन् । 

‘लाखौँ मानिसले हामीलाई भोट दिएका छन्,’ ट्रम्पले भनेको उदृत गर्दै सिएनएनले लेखेको छ, ‘केही निराश मानिसहरूको समूहले जनताको यो मतलाई कब्जा गर्न खोजेका छन् ।’

आलोचकहरूले भने ट्रम्पको यो भनाइ तथ्यहीन रहेकाे बताएका छन् ।

ट्रम्पले जितको खुसीका लागि तयार रहनसमेत निर्देशन दिएका छन् । अमेरिकी जनतासँग धोका भइरहेको उनको भनाइ छ । 

ad
ad