१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
लन्डन
बोरिस जोनसन
२o८१ जेठ १ मंगलबार o६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायतका प्रधानमन्त्रीलाई २२ सय डाक्टरको पत्र

Read Time : > 1 मिनेट
लन्डन
बोरिस जोनसन
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३७:oo

बेलायतका दुई हजारभन्दा बढी बालरोग विशेषज्ञले प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र लेखेका छन् । रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थमा संलग्न दुई हजार दुई सयजना डाक्टरले प्रधानमन्त्री जोनसनलाई खुला पत्र लेख्दै कोरोना भाइरसका कारण स्कुल बन्द हुँदा ४० लाख गरिब विद्यार्थीको दैनिक खानामा प्रभावित भइरहेको जनाएका छन् । ती गरिब विद्यार्थी विद्यालयकै खानामा निर्भर रहेको पत्रमा उल्लेख छ । 

स्कुल बन्द हुँदा विद्यार्थीहरूको दैनिक खानाको व्यवस्था सरकारले गर्नुपर्ने माग प्रधानमन्त्रीसमक्ष डाक्टरहरूले राखेका छन् । बेलायतमा सोमबारदेखि सबै स्कुल बन्द भएका छन् । गरिब विद्यार्थीहरूको दैनिक खानाको बन्दोबस्त स्कुलमै हुने गर्छ । स्कुल बन्द भएपछि उनीहरूको दैनिक खानपिनमा समस्या आएको चाइल्ड हेल्थका डाक्टरहरूले दाबी गरेका छन् । 
कोरोनाका कारण संसारभरका करोडौँले जागिर गुमाएका छन् । धेरै परिवार आर्थिक समस्याबाट गुज्रिरहेका छन् ।

बेलायतमा पार्ट टाइम जागिर गर्ने परिवारका बालबालिकाको बिहानदेखि साँझसम्मको खानाको व्यवस्था स्कुलले गर्दै आएका छन् । स्कुल बन्द भएपछि विद्यार्थीका परिवारले आफ्ना सन्तानलाई भरपूर पोषणयुक्त खाना खुवाउन नसक्ने पत्रमा भनिएको छ । ‘यो समयमा सरकारले स्कुल बन्द गर्नु राम्रो होइन, स्कुलमा पढ्ने ४० लाख गरिब बालबालिकाको दैनिक खानपिनमा समस्या देखिएको छ, उनीहरूको परिवार आर्थिक रूपमा बलियो छैन,’ प्रधानमन्त्री जोनसनलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले स्कुल बन्द गर्ने हो भने पहिले गरिब विद्यार्थीहरूको पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ, यदि सकिएन भने स्कुल खुला गराउनुपर्छ ।’ 

पत्रमा म्यानचेस्टर युनाइटेडका फुटबलर मार्कोस रास्फोर्डको प्रशंसा भएको छ । डाक्टरहरूले लेखेका छन्, ‘फुटबलर रास्फोर्डले गरिब बालबालिकालाई खाना खुवाउँदै आइरहेका छन्, स्कुल नै सञ्चालन नआउँदा रास्फोर्डले पठाएको राहत खेर जाने भएको छ ।’

स्कुल बन्दको समयमा सरकारले गरिब विद्यार्थीलाई निःशुल्क खुवाउने व्यवस्था गरे पनि म्यानचेस्टर युनाइटेडका खेलाडी रास्फोर्डले ‘कोही बालबच्चा भोकै रहँदैन’ नामक अभियान चलाएका छन् । यसै अभियानअन्तर्गत उनले गरिब बालबालिकाको खानपिनको जिम्मेवारी लिएका हुन् । 

– एजेन्सीको सहयोगमा

ad
ad