१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २१:o८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हुम्लाकाे ‘ग्रिन जाेन’ क्षेत्रमा आगामी हप्तादेखि पठनपाठन सुरु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

हुम्लाकाे उत्तरी नाम्खा गाउँपालिकामा आगामी बुधबारदेखि पठनपाठन सुरु हुने भएको छ । लामो लकडाउनका कारण बन्द भएका विद्यालय आगामी बुधबारदेखि खुल्ने भएका हुन् । 

नाम्खा गाउँपालिका ‘ग्रिन जोन’का रूपमा रहेकाले गाउँ कार्यपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । 

लकडाउनको समयमा पनि नाम्खा गाउँपालिका- ६ लिमीका दुई विद्यालयमा पठनपाठन नराेकिएकाे अध्यक्ष लामाले बताए ।

विद्यार्थीको पिसिआर अनिवार्य 

नाम्खा गाउँपालिकाले अध्ययनरत विद्यार्थीको पिसिआर अनिवार्य गरेको छ । साथै विद्यार्थीले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गर्ने महाबौद्व विद्यालयका निमित्त  प्रधानाध्यापक लक्ष्मण थापाले बताए । 

नाम्खा गाउँपालिकाभित्र १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० विद्यार्थी अध्ययनरत छन् ।