Skip This
कोरोना मिटर : आज चार हजार चार सय ९९ मा संक्रमण पुष्टि, उपत्यकामा २७ सय २० संक्रमित थपिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज चार हजार चार सय ९९ मा संक्रमण पुष्टि, उपत्यकामा २७ सय २० संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १६:३४:oo

पछिल्लो २४ घन्टामा थप चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १६ हजार आठ सय ६३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५३ हजार आठ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

विगत २४ घन्टामा २६ सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

हालसम्म कुल एक लाख पाँच हजार चार सय ८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

 

ad
ad