१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ कार्तिक ६ बिहीबार १३:१३:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी पूर्वराष्ट्रपति ओबामा भन्छन्– ट्रम्पलाई अझै चार वर्ष झेल्न सकिँदैन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ६ बिहीबार १३:१३:००

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यसपटक पनि डोनाल्ड ट्रम्पलाई विजयी गराएर राष्ट्रपतिका रूपमा सहन नसकिने बताएका छन् । यसकारण डेमोक्रेटिकका उम्मेदावर जो बाइडेनलाई राष्ट्रपति चुन्न उनले मतदातालाई आग्रह गरेका छन् ।

ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका जो बाइडेन र हाल उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको समर्थनमा प्रचारप्रसार गर्ने क्रममा ओबामाले ट्रम्म र उनको टिमलाई हराउन आग्रह गरेका हुन् । उनले भने, ‘बाइडेन र ह्यारिससँग अर्थव्यवस्था र महामारीको चुनौतीसँग लड्ने योजना छ । उनीहरू निर्वाचित भए अमेरिकामा पुनः नैतिकता र सही नेतृत्वको चयन हुनेछ ।’ फिलाडेल्फियामा आयोजित ऱ्यालीलाई सम्बोधन गर्ने क्रममा ओबामाले ह्वाइटहाउस जे पनि गर्न सक्छ भन्ने विचार गलत भएको पनि बताए । उनले भने, ‘टेलिभिजनमा बोल्दै र ट्विट गर्दैमा समस्या सामधान हुँदैन । यसका लागि योजना बनाउनुपर्छ । तर, महामारीका वेला ह्वाइटहाउसले यही गरेन ।’