१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस/एएनआई
२o८१ बैशाख २१ शुक्रबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा दैनिक कोरोना संक्रमित ५० हजार आसपासमा सीमित 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५४:oo

भारतमा कोरोना संक्रमितको संख्या दैनिक ५० हजारमा झरेको छ । कोरोना भाइरस महामारी सुरु भएदेखि लगातार बढिरहेको संक्रमण दर केही समयदेखि घटिरहेको छ । 

दैनिक करिब एक लाखसम्म संक्रमित भेटिएको भारतमा अहिले ५० हजारको हाराहारीमा झरेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् । 

सोही अवधिमा कोरोनाका कारण सात सय १७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७६ लाख ५१ हजार एक सय आठ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सात लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै उपचाररत रहेको तथ्यांकमा देखिएको छ । 

भारतमा संक्रमित अवस्थामै रहेकाको संख्यामा पनि पछिल्ला केही सातादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झन्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । संक्रमित  भएर पनि निको भइसकेकाहरूको कुल संख्या ६७ लाख ९५ हजार एक सय पाँच पुगेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको संख्या एक लाख १५ हजार नौ सय १४ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । भारतका प्रदेशहरूमध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार सात सय ५५ जना संक्रमित अवस्थामै छन् । 

ad
ad