१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
एजेन्सी
Invalid date format २२:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

न्युजिल्यान्डको आमनिर्वाचनमा प्रधानमन्त्री जसिन्डाको पार्टीलाई ऐतिहासिक सफलता 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format २२:२५:oo

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले ऐतिहासिक विजय हासिल गरेकी छिन् । 

कोरोना संकटकै बीच न्युजिल्यान्डमा सम्पन्न आमनिर्वाचनमा जसिन्डाको लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनको सम्पूर्ण परिणाम आउन भने अझै बाँकी छ । 

न्युजिल्यान्डको राजनीतिक इतिहासमा यसलाई ऐतिहासिक विजयको रूपमा हेरिएको छ ।

विपक्षी राजनीतिक दल मध्य दक्षिणपन्थी नेसनल पार्टीले भने जम्माजम्मी २७ प्रतिशत मत प्राप्त गरेको छ । नेसनल पार्टीले निर्वाचनमा पराजय भएको कुरा स्वीकार गर्दै मतदातालाई धन्यवाद दिइसकेको छ । 

गत सेप्टेम्बरमा हुने भनिएको आमनिर्वाचन कोरोना महामारीका कारण अक्टुबरमा सारिएको थियो । पछिल्लो परिणामअनुसार लेबर पार्टीले ४९ प्रतिशत, नेसनल पार्टीले २७ प्रतिशत, एक्ट न्युजिल्यान्ड र ग्रीन पार्टिजले ८ प्रतिशत मत पाएका छन्।

पछिल्लो परिणामप्रति उत्साहित हुँदै लेबर पार्टीकी नेतृ आर्डनले न्युजिल्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको प्रतिक्रिया दिएकी छिन्, ‘सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्ने छैनौँ। म न्युजिल्यान्डका हरेक बासिन्दाका लागि शासन गर्ने पार्टीको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जनताले व्यक्त गरेको विश्वासलाई वास्तविक परिणामतर्फ रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्डनले भविष्यमा समेत जनताले सधैँ विश्वास गरिरहने किसिमले काम गर्ने बताएकी छिन् । उनलेभनेकी छिन्, ‘तीन वर्षको समय धेरै होइन, यो आँखा झिमिक्क पार्दा बित्छ, तर हामी राम्रो काम गर्नेछौँ र फेरि आउनेछौँ ।’
आर्डनको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्‌मा बहुमतका लागि पर्याप्त हुनेछ।

सन् १९९६ मा न्युजिल्यान्डमा मिक्स्ड मेम्बर प्रोपोसनल रिप्रेजेन्टेसन (एमएमपी) प्रणाली लागू भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन।