मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १ शनिबार २१:५९:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १ शनिबार २१:५९:००

दलितलाई न्यायमा उल्झन : छुवाछुतका मुद्दा अदालतसम्म पुग्छन्, तर पीडितले पाउँदैनन् न्याय
सामुदायिक किरियाघर प्रयोगमा छुवाछुत भोगेका कास्की पोखरा–१६ बाटुलेचौरका मोहन सुनार पाँच महिनादेखि न्याय खोज्दै भौँतारिइरहेका छन् । कोरोना संकटका कारण अदालतको काम–कारबाही प्रभावित छ । त्यही मौकामा पीडक र उनको प्रभावमा रहेको समाजले मोहनलाई तर्साइरहेको छ । जिल्ला अदालत, कास्कीले २९ जेठमा अभियुक्त देवबहादुर थापा, जनक थापा र रामबहादुर जिसीलाई जनही एक लाख ७० हजार धरौटीमा छाड्यो । त्यसयता छुवाछुतजस्तो जघन्य सामाजिक अपराध गर्ने थापाद्वय र जिसी शिर ठाडो गरेर हिँडिरहेका छन् । तर, अदालतमा मुद्दाका साक्षीको बयानसमेत लिइएको छैन । पीडकको प्रभावमा परेको समाजले अहिले पनि ‘गाउँ आफ्नै हो, मेलमिलाप गर’ भनेर मोहनलाई दबाब दिन छाडेको छैन । न्यायको पर्खाइमा रहेका उनी भन्छन्, ‘छुवाछुतलाई समाजले अपराध नै मान्दैन, उल्टै हामीलाई पीडकजस्तो ठान्छन्, सामान्य मान्छेलाई समाजको घेरा नाघेर प्रहरीसम्म पुग्नै कठिन छ, न्याय पाउन त टाढाको कुरा ।’

कर्णाली प्रदेशका नेताहरूलाई प्रधानमन्त्रीको निर्देशन- दुई अध्यक्षको जे सहमति आउँछ, त्यही लागू हुन्छ, दायाँ-बायाँ गर्न पाउनुहुन्न
प्रधानमन्त्री केपी ओलीले दुई अध्यक्षको छलफलपछि आउने निष्कर्ष लागू गर्न कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित पार्टी नेतृत्वलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध पार्टीभित्रैबाट बहुमत सांसदले दर्ता गरेको अविश्वास प्रस्तावपछि उत्पन्न समस्याबारे शनिबार बालुवाटारमा प्रदेशको नेतृत्वबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन् । छलफलमा महासचिव विष्णु पौडेल सहभागी भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी थिएनन् ।

शिलालेखमा नाम नराखेपछि चर्को विवाद, मेयर-उपमेयरबीच हात हालाहाल
कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको वडा भवन उद्घाटन समारोहमा तनाव सिर्जना भएको छ । नगरपालिका– ७ को भवन उद्घाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नदेखेपछि उपमेयरले चर्को विरोध गरेकी हुन् । मेयर ममताप्रसाद चौधरीले शिलालेख अनावरण गर्न सुरु गरेपछि उपमेयर प्रेमकुमारी थापाले विरोध गर्दै शिलालेखमा ढुंगा बजार्नुका साथै थुकेपछि विवाद चर्केको थियो । मेयर र उपमेयरको विवाद चर्केपछि कार्यक्रममा उपस्थित सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए । 

पूर्वराजा ज्ञानेन्द्र साहले दसैँको टीका नलगाइदिने
पूर्वराजा ज्ञानेन्द्र शाहले शान्त, शालीन र सादगी दसैँ मनाउने तयारी गरेका छन् । उनले अष्टमीको दिन शक्तिपीठमा पूजा नगर्ने र विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेका हुन् ।

बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म [फोटोफिचर]
बलात्कारविरुद्ध सिराहामा युवाहरूले प्रदर्शन गरेका छन् । दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर युवाहरूले देशमा दैनिकजसाे भइरहेका बलात्कारका घटनाविरुद्ध प्रदर्शन गरेका हुन् । कालो टिसर्ट तथा टाउकोमा कालो पट्टी बाँधेर, विभिन्न नारासहितका प्लेकाड बोकेर युवाहरूले सदरमुकामका मुख्य सडकमा प्रदर्शन गरेका थिए ।  

काेराेना मिटर : आज ३१ सय ६७ जना संक्रमित थपिए, १८ सय डिस्चार्ज भए
देशमा पछिल्लो २४ घन्टामा ३१ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गरेको जनाएको छ । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । 

भारतमा सक्रिय संक्रमित आठ लाखभन्दा कम, शुक्रबार थपिए ६५ हजार संक्रमित 
भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण दर केही घटेको छ । जसका कारण सक्रिय संक्रमित पनि घट्दै गएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले भारतमा सक्रिय संक्रमितको संख्या आठ लाखभन्दा कम भएको छ । दुई साताअघिसम्म पनि भारतमा ९–१० लाख सक्रिय संक्रमित थिए ।  मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सक्रिय संक्रमित अवस्थामै रहेकाहरूको यो संख्या अहिलेसम्मकै कम हो । ‘भारतमा संक्रमित अवस्थामै रहेकाहरूको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो ,’ मन्त्रालयले ट्विटरमा लेखेको छ ।

वीरगन्जमा प्रहरीद्वारा साढे २२ किलो सुन बरामद
पर्सा प्रहरीले शनिबार ठूलो मात्रामा सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका– ५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद गरेको हो । प्रहरीका अनुसार विशेष सुराकीको आधारमा अपार्टमेन्टको फ्ल्याट  नम्बर ३०३ नम्बरमा ताला फोडेर सुन बरामद गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

रोयल्टी माग्दा भीख मागेजस्तो गर्नुपर्छ 
लकडाउनका वेला र अहिले पनि संगीतकार अर्जुन पोखरेल संगीत सिर्जनामै व्यस्त छन् । श्रोतामाझ नयाँ गीतहरू ल्याइरहेका छन् । साथै आफ्नै युट्युब च्यानललाई पनि व्यावसायिक रूप दिइरहेका छन् । युट्युब च्यानलमार्फत हुने आम्दानी भाग लाउनु नपर्ने भएकाले यसमा अलि बढी नै लागेको पोखरेलको भनाइ छ ।  अहिलेसम्म पोखरेलको युट्युब च्यानलमा आफैँले निर्माण गरेका सातवटा गीत राखिसकेका छन् । पोखरेलको संगीत रहेको ‘नबोली नबोली’, ‘काले केटा २’ जस्ता गीत युट्युब ट्रेन्डिङमा छन् । पोखरेल भन्छन्, ‘आफ्नै च्यानलबाट गीत सार्वजनिक गर्दा आफ्नो सिर्जना आफैँसँग रहन्छ भन्ने हो ।’

मापदण्ड उल्लंघन गर्दा रोनाल्डोलाई कोरोना संक्रमण
यो साता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएको समाचारले विश्वभर चर्चा पायो । कोभिड– १९ संक्रमण फैलन थालेदेखि नै रोनाल्डोले सेल्फ आइसोलेसनमा रहँदै आएको दाबी गरिरहेका थिए । यद्यपि, उनी पोर्चुगल र युभेन्टस आउने र जाने भने गरिरहेका थिए । उनलाई यही क्रममा संक्रमण भएको अनुमान गरिएको छ ।  रोनाल्डोलाई संक्रमण देखिएसँगै सिरिए लिग क्लब युभेन्टस तनावमा छ । यसअघि युभेन्टसका दुईजना खेलाडी संक्रमित हुँदा पूरै टोली आइसोलेसनमा बसेको थियो । युभेन्टसका अन्य खेलाडी क्वारेन्टिनमा रहँदा रोनाल्डो भने पोर्चुगल गएका थिए ।