Skip This
मुस्ताङमा कार्यरत कोरोना संक्रमित एक सशस्त्र प्रहरीको मणिपाल अस्पतालमा निधन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ३० शुक्रबार
  • Monday, 12 May, 2025
गोविन्द सुवेदी
२o७७ असोज ३० शुक्रबार १३:४o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मुस्ताङमा कार्यरत कोरोना संक्रमित एक सशस्त्र प्रहरीको मणिपाल अस्पतालमा निधन

Read Time : < 1 मिनेट
गोविन्द सुवेदी
नयाँ पत्रिका
२o७७ असोज ३० शुक्रबार १३:४o:oo

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको निधन भएको छ । 

निधन हुनेमा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत एक सशस्त्र प्रहरी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार बाग्लुङको ढोरपाटन नगरपालिका– ७ का २५ वर्षीय उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

उनलाई २५ असोजमा  मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४८ पुगेको छ । 

यसैबीच गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसअगाडि शुक्रबार बिहान मात्रै ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यी सबै गरेर अहिलेसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ७१ पुगेको छ ।