१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २९ बिहीबार १५:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको लामाबगरमा सशस्त्रको ‘बिओपी’ स्थापना

Read Time : > 1 मिनेट
२०७७ असोज २९ बिहीबार १५:५५:००

छिमेकी देश चीनको तिब्बतसँग सीमा जोडिएको दोलखाको लामाबगरमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेको छ  । 

मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार सशस्त्र प्रहरी बलका डिआइजी मन्दीप श्रेष्ठले उद्घाटन गर्दै बिओपी स्थापना भएको घोषणा गरेका हुन् । 

सीमाको सुरक्षासँगै अपराध नियन्त्रण, चोरी, डकैती नियन्त्रण, स्थानीयको सुरक्षालगायतका विषयमा सुरक्षा गर्न बिओपी स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ । 

बिओपी स्थापनाका लागि आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआइजी मन्दीप श्रेष्ठले सीमामा हुने सबैखाले अपराधको अन्त्य हुने बताए । 

उनले सीमामा स्थापना गरिने बिओपीले सीमास्तम्भहरूको अवस्था, अवैध गतिविधि नियन्त्रणलगायतको कामहरू प्राथमिकताका साथ सम्पादन हुने विश्वास व्यक्त गर्दै जसका लागि स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गरेका छन् । 

चीनको तिब्बतसहित ढिंग्री सहरसँग दोलखाको झन्डै एक सय १५ किलोमिटर सीमा जोडिएको सशस्त्र प्रहरी १८ नम्बर गुल्मले जनाएको छ । 

गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बिओपी स्थापना गरेको दोलखाको बिगु गाउँपालिका– १ लामाबगरबाट चीनको तिब्बतसँग सीमानाका फलाक पुग्न पाँच किलोमिटर र लप्ची पुग्न २३ किलोमिटरको दूरी रहेको जानकारी दिए ।

मन्त्रिपरिषद्ले असार अन्तिम साता गरेको निर्णयअनुसार दोस्रो चरणमा दोलखाको लामाबगरमा बिओपी स्थापना गरिएको र छिट्टै चीनसँगको सिमाना जोडिएको बस्ती लप्ची गाउँ र फलाकमा समेत बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बलका डिआइजी श्रेष्ठले बताएका छन् ।  

उद्घाटन कार्यक्रममा दोलखा बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटी र सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनलगायतको उपस्थिति थियो । 

कार्यक्रममा बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले विगतमा लप्चीका बासिन्दा खर्कका लागि चीनको सिमाना पुग्ने गरेको र सहमतिअनुसार चीनले पनि खर्क प्रयोग गर्न दिएको, तर अहिले खर्क नदिने र नेपालीमाथि कुटपिटसमेत हुने गरेको बताएका छन् ।  

लामाबगरमा रहेको बिओपीमा सुरुमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २५ जना रहने र पछि मापदण्डअनुसार ५५ जनाको टोली रहने सशस्त्र प्रहरी दोलखा गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक महर्जनले जानकारी दिएका छन्  ।