१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतबाट माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्क नतिरी पैसा पठाउन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:o६:oo

माछापुच्छ्रे बैंक लिमिटेडले भारतमा रहेका नेपालीले भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत विनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । बैंकले चाडबाडको समयलाई लक्षित गरी २ महिनासम्म अतिरिक्त शुल्क नतिरी रकम पठाउन सकिने व्यवस्था गरेको हो । 

भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा विनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १ सय ६० शाखा, १ सय ३३ शाखारहित बैंकिङ सेवालगायत देशभर रहेका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने जनाइएको छ ।