१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बझाङ घटनाबारे सांसदहरूद्वारा सभामुखलाई ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूले सभामुख अग्नि सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका छन्।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराइएको हो। ध्यानाकर्षण गर्न आउनेमा आशा विक, लक्ष्मी चौधरीलगायतका सांसद थिए।

सांसदहरूले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

सांसदहरूसँगको भेटमा सभामुखले यस्ता घटनालाई राज्यले चुनौतीका रूपमा लिनुपर्ने बताएका थिए।

सभामुख सापकोटाले जनता अन्याय, दमनमा  परेका वेला उनीहरूलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । सभामुखकाे सचिवालयका अनुसार सभामुखले घटनाको निष्पक्ष छानबिनका लागि आफ्नोतर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त  गरेका छन् ।