१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जोर–बिजोर लागू भए–नभएको चेकजाँचमा कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार १२:५५:००

ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले २५ भदौबाट लागू हुने गरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । 

तर, केही दिनयता जोर–बिजोरका आधारमा नभई हरेक दिनजसो सबै सवारीसाधन चल्न थालेपछि काठमाडौं उपत्यकाका सडकहरूमा सवारीसाधनको अत्यधिक चाप देखिन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ पारेको जनाएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारीसाधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

नियमअनुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । 

दिउँसो सवा १२ बजेसम्मको तथ्यांकअनुसार ट्राफिक कारबाहीमा आठ सयभन्दा बढी सवारी परेका छन । 

करिब सात सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजे मात्रै छाड्ने बताइएको छ । 

संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्ण रूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

पछिल्लाे समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।