Skip This
पर्यटकलाई व्यवसायीको निम्तो- सौराहा कोरोनामुक्त छ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटकलाई व्यवसायीको निम्तो- सौराहा कोरोनामुक्त छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

विश्व पर्यटन दिवसका अवसरमा सौराहा पर्यटकका लागि खुला भएको व्यवसायीहरूले सन्देश दिएका छन् । प्रायः विश्व पर्यटन दिवसमा छुट्टाछुट्टै कार्यक्रम गर्ने यहाँका व्यवसायीले बन्द कोठामा दिवसको औपचारिक कार्यक्रम गर्दै पर्यटकका लागि सौराहा सुरक्षित भएको निम्तो दिए। 

नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोभिड– १९ र लकडाउनले करिब ६ महिनादेखि ठप्प छ । क्षेत्रीय होटेल संघ सौराहा चितवन, रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी संस्था, भिजिट चितवन एन्ड सफारी प्रालि, सौराहा हात्ती तथा जिप बुकिङ सेन्टर, निकुञ्ज जिप सफारी प्रालि, नेचर गाइड एसोेसिएसन नेपालसहित  बाघमार, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनले एकसाथ औपचारिक कार्यक्रम गर्दै सौराहा खुलेको सन्देश दिएका हुन् । 

क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘नेपाल सरकारको निर्देशनअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सुरु गरेका छौँ ।’  पर्यटकीय गतिविधि सञ्चालन गर्दा व्यवसायीले अपनाउनुपर्ने स्वास्थ्य प्रोटोकलका विषयमा वेभ सेमिनारसमेत दिएको जानकारी दिँदै उनले थपे, ‘अबको एक हप्ताभित्र हरेक सेवामा २० देखि ३० प्रतिशत छुटको घोषणासमेत गर्दै छौँ ।’ 

भट्टराईले सौराहा कोरोनामुक्त रहेको जानकारी दिए । ‘होटेल प्रवेश गरेदेखि बिदाइ हुने समयसम्म सुरक्षित विधि अपनाएका छौँ । हामीले यो वर्षलाई यहाँका होटेल तथा संरचना मर्मत र सरसफाइ प्राथमिकता दिनेछाैँ,’ उनले भने, ‘अर्को वर्ष प्रचारप्रसार रहनेछ । सन् २०२२ मा अत्यधिक आन्तरिक पर्यटक भित्र्याई नेपालको तेस्रो पर्यटकीय स्थल सौराहालाई दोस्रो बनाउनेछौँ ।’ 

उनले पुरानै लयमा फर्कन सौराहालाई दुई वर्ष लाग्ने बताए । सौराहामा विशेष गरी चीन र भारतबाट पर्यटक आउने गर्छन् । आन्तरिक र बाह्य पर्यटकको पनि रोजाइमै रहन्छ सौराहा । कोभिड–१९ ले गर्दा सौराहामा झुप्रोदेखि सुरु भएको व्यवसाय पहिलोपटक थला परेको र फेरि शून्यबाटै सुरु गर्नुपर्ने अवस्थामा आएको यहाँका व्यवसायी बताउँछन् । 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहाँ पर्यटकीय पूर्वधारहरू थप गर्ने काम चलिरहेकै वेला कोरोनाले महामारीको रूप लियो । यसले पनि व्यवसायीलाई व्ययभार बढाएको छ । बागमती प्रदेश सरकारले सौराहामा भ्रमण वर्षको उद्घाटन र अन्य योजना अघि सारेको थियो । 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले हात्ती सयर सेवा पनि सुरु भएको जानकारी दिँदै छिट्टै नयाँ प्याकेज घोषण गरिने बताए । सौराहामा आउने ६० प्रतिशत पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् ।