१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘नागरिक पेन्सन योजना’को एक्सक्लुसिभ बैंकिङ पार्टनरमा एनआइसी एसिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१७:oo

नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने तथा सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’मा एनआइसी एसिया बैंक एक्सक्लुसिभ बैंकिङ पार्टनर नियुक्त भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए । 

सम्पूर्ण नेपालीलाई सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । योजनाअन्तर्गत आय–आर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ–संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक–कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने जनाइएको छ ।

‘जवानीमा कमाऔँ, जमाऔँ र बुढेसकालमा रमाऔँ’ भन्ने नाराका साथ ल्याइएको योजनामा न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

योजनामा सहभागी हुनेले एनआइसी एसिया बैंकमा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशभरमा ३ सय २६ शाखा, १ सय ३ एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत योजनामा सहभागी हुन सकिने जनाइएको छ । 

ad
ad