१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले बनाइदिएका शिक्षण संस्थाको जानकारी दिने वेबसाइट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १८:०४:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयास बारे तयार पारिएको सिबिआरआई परियोजना वेबसाइट शुभारम्भ गरेका छन् । भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूको समग्र जानकारी दिने वेबसाइट सुरु भएको हो । 

वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध छ । वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिए । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सिएसआइआर)अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला तथा परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता हो । सिबिआरआई भने आवास योजना, निर्माण सामग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरणजस्ता क्षेत्रहरूमा अध्ययन–अनुसन्धान गर्ने प्रमुख संस्थान रहेको भारतीय दूतावासले जनाएको छ । 

शिक्षा क्षेत्रका परियोजनामा यी संस्थानको भूमिकापश्चात् केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयासअन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरूका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा पनि नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सिबिआरआई, रुड्कीबीच हालै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

‘भारत सरकारको एक अर्ब अमेरिकी डलरको प्रतिबद्घताअनुरूप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरू निरन्तर अघि बढिरहेका छन्,’ दूतावासले भनेको छ, ‘विशेषगरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरमध्ये ४६ घर निर्माण भइसकेको अवस्था छ । ७० वटा विद्यालय, एउटा पुस्तकालय, एक सय ४७ वटा स्वास्थ्य संरचनाहरू र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरू पुनर्निर्माण÷रेट्रोफिटिङका लागि कार्यान्वयनमा रहेका छन् ।’