Skip This
खरानी पन्छाएर उठ्न खोज्दै हेटौँडाको भाटभटेनी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ भदौ ३१ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खरानी पन्छाएर उठ्न खोज्दै हेटौँडाको भाटभटेनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार ११:२८:oo

जेन–जी आन्दोलनका क्रममा जलेर खरानी बनेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलस्थित भाटभटेनी सुपर स्टोर पुन: उठ्ने प्रयासमा लागेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनीसँगै तोडफोड र लुटपाट गरेपछि उक्त स्टोर पूर्ण रूपमा नष्ट भएको थियो ।

भवन संरचना र उपभोग्य सामग्री जलेर नष्ट हुँदा अर्बौँको आर्थिक क्षति पुगेको छ । भटभटेनीका उपभोग्य सामग्रीदेखि भवन संरचनाका अधिकांश भाग खरानी बनेका छन् ।

२४ भदौमा जेन–जीको प्रदर्शनका क्रममा भाटभटेनीमा आगलागीसहित चोरी र तोडफोड भएको थियो । करिब दुई सयजनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको उक्त भाटभटेनीले अर्बौँको आर्थिक क्षति व्यहोरेको अनुमान गरिएको छ । त्यसमाथि पनि भाटभटेनीमा कार्यरत कर्मचारीको रोजीरोटीको सवालसमेत जटिल बनेको छ । 

रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिक कर्मचारी बिहीबारदेखि खरानी पन्छाउन थालेका छन् । सोमबार पनि भाटभटेनीका अधिकांश कर्मचारी जलेर खरानी बनेको स्टोर सरसफाइमा जुटेका हुन् । भाटभटेनीका एक कर्मचारीले त्यहाँ कार्यरत सबै कर्मचारी सरसफाइमा खटिएको बताए । ‘अहिले सबै कर्मचारी मिलेर स्टोरलाई फेरि उठाउने तयारी गरिरहेका छौँ,’ एक कर्मचारीले भने ।