१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २८ आइतबार २०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जवानलाई कोेरोना देखिएपछि लिबिया जाने शान्ति सैनिक रोकिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २८ आइतबार २०:५४:००

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्तिसेनामा जान लागेका सैनिक जवानहरूमा कोरोना पुष्टि भएपछि आइतबार हुनुपर्ने उडान स्थगित भएको छ । लिबियामा कार्यरत रहेको फौज बदली गर्न जान लागेका केही जवानलाई संक्रमण पुष्टि भएपछि रोटेसन उडान स्थगित भएको हो । तालिम समाप्त गरेर क्वारेन्टिनमा बसेकामध्ये केहीलाई परीक्षण गर्दा कोरोना देखिएको सेनाले जनाएको छ । 

लिबिया जाने टोलीमा छनेट भएका फौजको तालिम सम्पन्न भइसकेको थियो भने उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो । उडानपूर्व परीक्षण गर्ने क्रममा केही जवानलाई कोभिड– १९ देखिएपछि आइतबर जानुपर्ने चार्टर्ड उडान स्थगित भएको छ । 

कोरोना पोजेटिभ देखिएका सैनिकको सम्पर्कमा रहेकाहरूलाई कन्ट्र्याक्ट ट्रेसिङ गर्ने र सबैको पुनः स्वास्थ्य परीक्षण गरेपछि रोटेसन उडानको मिति तय हुने नेपाली सेनाले विज्ञप्तिमा जनाएको छ । लिबियामा दुई सय २८ जना फौज र एकजना सैनिक पर्यवेक्षक गरी दुई सय २९ जना नेपाली सैनिक कार्यरत छन् ।